
फाइल तस्वीर
३० जेठ, काठमाडौं । नेपालभित्र एक तिहाइ वडामा मात्र व्यवस्थित शवदाह स्थल रहेको पाइएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले जनगणना २०७८ अन्तर्गत बुधबार सार्वजनिक गरेको सामुदायिक तथ्यांक विवरण अनुसार १ हजार ७ सय ९० वडामा मात्र व्यवस्थित शवदाह स्थल भएको पाइएको छ । यो कुल वडाको २६.५ प्रतिशत हो ।
प्रदेशगत हेर्दा गण्डकीमा सबैभन्दा धेरै ३५.३ प्रतिशत वडामा व्यवस्थित शवदाह स्थल छ । सबैभन्दा कम सुदूरपश्चिममा व्यवस्थित शवदाह स्थल छ । यस प्रदेशमा १२.१ प्रतिशत वडामा यो सुविधा छ ।
देशभरि कुनै पनि व्यवस्थित शवदाह स्थल नभएका वडा संख्या ७३.५ प्रतिशत छ । प्रदेशगत सबैभन्दा धेरै वडा मधेशमा छन् । जहाँ ९ सय ३ वडामा कुनै पनि व्यवस्थित शवदाह स्थल नभएको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4