+

खराब मौसमले नेपाली क्रिकेट टोलीको वेस्ट इन्डिज उडान रद्द 

२०८१ जेठ  ३१ गते १०:१३ २०८१ जेठ ३१ गते १०:१३
खराब मौसमले नेपाली क्रिकेट टोलीको वेस्ट इन्डिज उडान रद्द 

३१ जेठ, काठमाडौं । मौसममा खराबी आएपछि आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न वेस्ट इन्डिज उड्न लागेका नेपाली खेलाडी अमेरिकामै रोकिएका छन् ।

निरन्तर वर्षाका कारण अन्तर्राष्ट्रिय उडान रद्द भएपछि नेपाली क्रिकेट टोलीको यात्रा पनि प्रभावित भएको हो । नेपाल आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणका २ खेल खेल्न नेपाली टिम बुधबार वेस्ट इन्डिज जाने तालिका थियो ।

वेस्ट इन्डिजमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्ने तालिका छ । भारी वर्षाका कारण मंगलबार श्रीलंका र नेपालबीचको खेल पनि रद्द हुन पुगेको थियो । खेल रद्द हुुँदा दुवैले अंक बाँडेका थिए ।

नेपाल आईसीसी टी–२० विश्वकपअन्तर्गत पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

अमेरिकाको दक्षिणी क्षेत्र फ्लोरिडामा भारी वर्षा भइरहेकाले सचेत रहन अमेरिकी सरकारले सूचना जारी गरेको छ । यो साताको अन्तिमसम्म वर्षा जारी रहने सम्भावना भएकाले फ्लोरिडा लगायत क्षेत्रमा आँधिबेहेरीसहित बाढी आउन सक्ने समेत सचेत गराएको छ ।

आईसीसी टी-२० विश्वकप २०२४ वेस्ट इन्डिज उडान रद्द
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय