
३१ जेठ, काठमाडौं । नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले सहकारी सञ्चालकले निश्चित समयसम्म राजीनामा दिन नपाउने व्यवस्था आवश्यक रहेको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सहकारी क्षेत्रमा अराजकता रहेको उनको भनाइ छ ।
‘सहकारी संचालकलाई जिम्मेवार बनाउन आवश्यक छ । अहिले राजीनामा गरेर जाने प्रवृति बढेको छ । निश्चित समयसम्म राजीनामा गरेरु पनि जान नहुने व्यवस्था गर्नुपर्छ । किनभने माछा देख्दा दुलोभित्र हात सर्प देख्दा दुलो बाहिर हात भने जस्तो अवस्था आउन दिनु हुँदैन’ सांसद मैनालीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4