+
+

रुग्ण उद्योग चलाउन उच्च प्राथमिकता दिएको छु : उद्योगमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३१ गते १९:४८

३१ जेठ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारी तथा निजी रुग्ण उद्योगहरू सञ्चालनमा ल्याउनु अहिलेको राष्ट्रिय आवश्यकता रहेको बताएका छन् ।

बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

उनले रुग्ण उद्योगहरू सञ्चालनका लागि आएका अध्ययन प्रतिवेदनबारे अध्ययन भइरहेको बताए । उनले सबै उद्योगहरू एकै पटक सञ्चालन गर्ने आधारहरू नबन्ने बताए ।

रुग्ण रहेका उद्योगलाई प्राथमिकताका आधारमा वर्तमान अवस्थामा सबैभन्दा पहिला कुन उद्योगलाई सञ्चालन गर्ने भन्ने विषयमा पनि आवश्यक तयारी भइरहेको उनले बताए ।

बिहीबार मात्रै प्रधानमन्त्रीसहित सम्बन्धित निकायहरूसँग रुग्ण उद्योग सञ्चालनको मोडालिटीका बारेमा जानकारी गराइएको उनले बताए ।

सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरिएका गोरखकाली रबर उद्योग, बुटवल धागो र हेटौंडा कपडा उद्योग लगायतका उद्योगलाई पहिलो चरणमा सञ्चालन गर्ने गरी तयारीका चरणहरूमा छलफल र अध्ययन जारी राखेको उनले बताए ।

मन्त्रालयले रुग्ण उद्योगलाई उच्च प्राथमिकतामा राखेर सञ्चालनको मोडालिटी अन्तिम चरणमा पुगेको उनले बताए ।

उनले मन्त्रालय सम्हालेको एक सय दिनमा मन्त्रालयले नवप्रवर्तनकारी एवम् सृजनशील सोचमार्फत उद्यमशीलता विकास गर्न राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०८१ स्वीकृत भई कार्यान्वयनमा ल्याइएको बताए ।

नेपालमा लगानीको वातावरणलाई सहज बनाउन विभिन्न ८ वटा कानुन समावेश गरिएको केही नेपाल ऐन संशोधन, अध्यादेश २०८१ जारी गरी प्रतिस्थापन विधेयक संघीय संसद्‍मा गरिएको, विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पारित भएको बताए । उनले प्राइभेट फर्म रजिस्ट्रेसन नियमावली, २०३४ संशोधन गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?