+
+
Shares

‘गाउँ आएको बाटो’ युएई, कतार र बहराइनमा रिलिज

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३१ गते २०:३३

काठमाडौं । नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ विहिबारदेखि युएई, कतार र बहराइमा रिलिज भएको छ । मध्यपूर्व वितरण कम्पनी निप फिल्म्सले फिल्मलाई ती मुलुकमा प्रमुख हलहरुमा प्रदर्शनमा ल्याएको हो ।

नेपालमा सकारात्मक समीक्षासहित प्रदर्शनमा आएको यो फिल्म मध्यपूर्वका ठूला सिनेमा चेनहरु भक्स स्टार, सिने रोयल, सिनेपोलिस, सिनेको र नोभामा प्रदर्शनमा आएको वितरक रमेश ढकालले जनाए ।

‘नेपालसँगै मध्यपूर्वस्थित नेपाली समुदायलाई एकसाथ फिल्म देखाउने यो अवसर नेपाली फिल्म उद्योगको लागि सफलता हो’ ढकालले अनलाइनखबरसँग भने, ‘प्रारम्भिक रुपमा हामीले सकारात्मक समीक्षा प्राप्त गरेका छौं ।’

दयाहाङ राई, पशुपति राई र प्रसन राईको शीर्ष भूमिका रहेको यो फिल्मले बाबुछोराबीचको भावनात्मक सम्बन्धको कथा भन्छ । बाँसुरी फिल्म्स र मेन्छेयम फिल्म्सको संयुक्त निर्माण भएको यो फिल्म निर्देशक सुब्बाको दुई दशकपछिको निर्देशकीय पुनरागमन हो ।

यसैबीच यो फिल्म २१ जुनदेखि संयुक्त राज्य अमेरिकामा समेत रिलिज हुँदैछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?