+
+

कम्तीमा २० रोजगारी दिने नयाँ व्यवसायीलाई ३ वर्षसम्म कर छुट

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३२ गते १७:०६

३२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र  कम्तीमा २० जनालाई प्रत्यक्ष रोजगारी दिने व्यवसाय सुरु गर्दा तीन वर्षको व्यवसाय करमा शतप्रतिशत छुट पाइने भएको छ ।

आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौं महानगरका मेयर बालेन साहले शुक्रबार यस्तो घोषणा गरेका हुन् ।

नयाँ दर्ता हुने व्यवसायीको हकमा यो नीति ल्याइएको उनले जानकारी दिए ।

काठमाडौं महानगरबाट कार्यान्वयन हुने विकास निर्माणका काममा कम्तीमा ३० प्रतिशत जनशक्ति महानगरको श्रम बैंकबाट आपूर्ति गरिने समेत उनले घोषणा गरे ।

महानगर पालिका क्षेत्रका सहरी सहकारी संस्थाको कारोबार विद्युतीय प्रणालीमा आबद्ध गरी प्रतिवेदन प्रणाली थप व्यवस्थित गराइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?