+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

स्थानीय तहका कृषि प्राविधिकका लागि संघले पठायो न्यून बजेट

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ४ गते १२:३९

४ असार, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘एक गाउँ, एक कृषि तथा पशुसेवा प्राविधिक’ कार्यक्रमलाई निरन्तरता दिन स्थानीय तहहरुलाई परिपत्र गरेको छ । कार्यक्रम अन्तरगत हाल ६१४ स्थानीय तहमा १८६२ जना प्राविधिकहरु कार्यरत छन् ।

आर्थिक वर्ष २०७२/७३मा ततकालीन ‘एक गाविस एक कृषि तथा पशु सेवा प्राबिधिक कार्यक्रम’ अनुसार कृषि प्राविधिक व्यवस्थापन कार्यविधि २०७३ तयार गरिएको थियो ।

कार्यविधि अनुसार साबिकको जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशु सेवा कार्यालयबाट राजपत्र अनंकित द्वितीय श्रेणीमा प्राविधिक सहायक पदमा करारमा नियुक्त भएका थिए ।

तर, राज्य पुनर्सरचनासँगै साविकका गाविसहरु हालका स्थानीय तहमा काम काज गर्ने गरी व्यवस्थापन भएको थियो । आर्थिक वर्ष २०८१/८२ को लागि सशर्त अनुदानमा प्राप्त बजेट सिलिङको अधिनमा कषि मन्त्रालयले प्रति प्राविधिक १ लाख ७२ हजार विनियोजन भएको छ । तर, यो बजेट प्राविधिकको पारिश्रमिकका लागि अपुग हुने देखिएको छ ।

मन्त्रालयले ती प्राविधिकहरुको कार्यसम्पादनका आधारमा चालु आर्थिक वर्षमा पनि सेवालाई निरन्तरता दिन र बाँकी आवश्यक बजेट तहाँबाटै व्यवस्था गर्न परिपत्रमा भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?