+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

स्थानीय व्यापारी भाउ घटाउँदै, आरजु राइसले किसानसँग किन्न थाल्यो चैते धान

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ५ गते १३:०९

५ असार, काठमाडौं । स्थानीय व्यापारीले मूल्य घटाउन चैते धान खरिद ठप्प पारिरहेका बेला मोरङको एक चामल उद्योगले किसानलाई राहत हुने गरी बजार मूल्यभन्दा बढीमा खरिद गर्न थालेको छ ।

मोरङ डाँगीहाटस्थित आरजु राइस मिलले बजार मूल्यभन्दा प्रतिमन थप १ सय रुपैयाँ बढाएर किसानहरूसँग धमाधम चैत धान खरिद गरिरहेको हो ।

आरजु राइस मिलका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले स्थानीय व्यापारीले चैत धानको मूल्य घटाउन खरिद ठप्प पारिरहेका बेला आफ्नो उद्योगले बजार मूल्यभन्दा बढीमा किसानसँग खरिद गरिरहेको बताए।

एकातर्फ वर्षेनि धानचामल आयात भइरहने र अर्कातर्फ किसानले उचित मूल्य तथा बजार नपाएर धानै कुहिने अवस्थामा आएपछि आरजु राइस मिलले किसानलाई लाभ हुने गरी मूल्य तोकेको बस्नेतले जानकारी दिए ।

स्थानीय व्यापारीहरू मूल्य तल झार्न धान खरिद ठप्प पारेर बसेको आरजु राइस मिलले जनाएको छ । सोहीकारण एक साताभित्रै धानको मूल्य प्रतिमन ३ सय रुपैयाँ घटाइएको छ । चैते धानमा चिस्यान बढी हुने र वर्षा मौसमका कारण भण्डारण गर्न नमिल्ने हुँदा किसानलाई थप मर्का पर्छ ।

सरकारले १८ प्रतिशत चिस्यानको मात्रामा चैते धानको मूल्य प्रतिक्विन्टल २ हजार ५ सय तोकेको छ । आरजु राइस मिलले चिस्यानको प्रतिशत २५ प्रतिशत नै कायम गरी सोही मूल्य कायम गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?