
६ असार, काठमाडौं । पृथ्वीराजमार्ग स्थित सेराटरमा रहेको फेदीखोला पुल बाढीले भत्काउँदा १२ बजेदेखि यातायात पूर्णरूपमा अवरुद्ध भएको छ ।
लामो समय यातायात अवरुद्ध हुँदा सवारीसाधनको लामो लाइन लागेको छ भने यात्रुहरूको बिचल्ली भएको छ ।
यातायात सुचारू हुन समय लाग्ने बताइएको छ । उक्त क्षेत्र दमौली खैरेनीटार खण्डमा पर्ने हुनाले राजमार्गको यात्रा गर्दा पोखरा दुइपिप्ले दमौलीखण्ड बाट गर्न प्रशासनले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4