 
																			११ असार, काठमाडौं । व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गरे जरिवाना लाग्ने भएको छ ।
व्यावसायिक कारोबारको कुनै पनि रकम व्यक्तिगत खातामा जग्गा गरेको पाइएमा न्यूनतम ५ हजार वा त्यसरी जम्मा गरेको रकमको २ प्रतिशतमा जुन बढी हुन्छ सो रकम जरिवाना लाग्ने भएको हो ।
अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक २०८१ मार्फत आयकर ऐनमा संशोधन गर्दै व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने व्यवस्था गरेका थिए ।
‘कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्यूआर कोड तथा अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न पाइने छैन,’ आर्थिक विधेयक मार्फत आयकर ऐन २०५८ मा दफा ८१ ‘क’ थप गर्दै यस्तो व्यवस्था गरिएको हो ।
उक्त व्यवस्था अनुसार व्यावसायिक कारोबारको कुनै पनि रकम व्यक्तिगत खातामा जम्मा गरेको पाइएमा जरिवाना हुने आन्तरीक राजस्व कार्यालयले जनाएको छ ।
आयकर ऐनको दफा ११९ ‘क’ को उपदफा ३ अनुसार जरिवाना हुने आन्तरिक राजस्व कार्यालयले जारी गरेको सूचनामा छ ।
‘आयकर ऐनको दफा ११९ ‘क’ को उपदफा (३) मा दफा ८१ ‘क’ को उल्लंघन गरेमा प्रत्येक पटकको अनुगमनमा पाँच हजार रुपैयाँ वा कुल रकमको दुई प्रतिशतमध्ये जुन बढी हुन्छ सो रकम शुल्क लाग्नेछ,’ सूचनामा उल्लेख छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4