
१५ असार, काठमाडौं । रियालिटी शो कमेडी च्याम्पियन सिजन ३ को उपाधि काठमाडौंका सुनिल खड्काले जितेका छन् ।
शनिबार भएको ग्राण्ड फिनालेमा ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै उनी कमेडी च्याम्पियन बनेका हुन् ।
उनले नगद २५ लाख रुपैयाँ र एक विद्युतीय गाडी पाउनेछन् ।
सुनसरीका काफ्ले फस्ट रनर अप बन्दा नवलपरासीकी खनाल सेकेण्ड रनर अप भइन् । फर्स्ट रनर अप काफ्लेले स्कुटर पाउनेछन् ।
त्यस्तै फाइनलमा पुगेका तीनै जनाको १५/१५ लाख रुपैयाँको जीवन बीमा पनि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4