+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

एकीकृत समाजवादीको महाधिवेशन सुरु, उद्घाटनमा एमाले गएन

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १६ गते १४:५०

१६ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशन सुरु भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको महाधिवेशनको अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, जनमत पार्टीका अध्यक्ष सीके राउत, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायतका नेताहरु सहभागी भएका छन् ।

नेकपा एमालेबाट भने कोही प्रतिनिधि सहभागी भएका छैनन् । तर, एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले एमालेलाई निम्ता दिएको बताए ।

नयाँ नेतृत्व चयन गर्ने महाधिवेशनका लागि देशभरबाट १८ सय भन्दा धेरै प्रतिनिधि आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?