+
+
Shares

एमाले मन्त्रीहरुलाई प्रचण्डले सुनाए गीत – यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले…

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते २०:४१

१९ असार, काठमाडौं । नेकपा एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सामूहिक राजीनामा बुझाएका छन् ।

एमाले र कांग्रेसबीच नयाँ सरकार गठन गर्ने सहमति भएपछि मन्त्रीहरु राजीनामा पत्र बोकेर बुधबार साँझ बालुवाटार पुगेका थिए ।

उनले एमालेका मन्त्रीहरुको एक एक गरेर राजीनामा बुझे । एमाले मन्त्रीहरुको राजीनामा बुझेपछि प्रचण्डले धेरै टिप्पणी गरेनन् ।

एउटा कुरा मात्र भन्छु भन्दै उनले फत्तेमान राजभण्डारीको गीत गाए, यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले, कसैलाई माया गर्नु एउटा भुल गरे मैले ।’

प्रधानमन्त्री प्रचण्डले यो राजीनामा आफूले भोलि स्वीकृत गर्ने बताएका एक मन्त्रीले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?