
काठमाडौं । प्रा. डा. रमेशसिंह भण्डारी पेशाले चिकित्सक हुन् । उनी महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण विशेषज्ञको रुपमा कार्यरत छन् ।
डा. भण्डारी संगीतमा समेत रुचि राख्छन् । उनले हालै आफ्नो स्वरमा ‘एउटा जीवन’ गीत ल्याएका छन् । बाल्यकालको स्मृतिलाई प्रस्तुत गर्ने गीत डा. प्रकाश पौडेलले लेखेका हुन् । गीतमा भण्डारी स्वयंको संगीत छ भने प्रदीप जोशीले एरेन्ज गरेका छन् ।
अनिल के मानन्धरको छायांकन तथा निर्देशन रहेको गीतको भिडियवमा डा. भण्डारीकै छोरा वैभवसिंह भण्डारीले अभिनय गरेका छन् । भिडियोमा रिभासिंह भण्डारी र डा. विन्देश्वरी काफ्ले भण्डारीको पनि अभिनय छ । भिडियोमा सिलन लम्सालको सम्पादन तथा कलर संयोजन छ ।
गीत ‘डा. रमेशसिंह भण्डारी’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4