+
+
Shares

एकीकृत समाजवादी : वाम एकता प्रस्ताव, सत्ता परिवर्तनको निन्दा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २१ गते १९:३७

२१ असार, काठमाडौं । १९ बुँदे प्रस्ताव सार्वजनिक गर्दै एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन सकिएको छ ।

माधव नेपाल अध्यक्ष, झलनाथ खनाल सम्मानित नेता र घनश्याम भूसाललाई निर्विरोध महासचिव चयन गरेको एकीकृत समाजवादीले बाँकी पदाधिकारी चयन गर्ने जिम्मा सचिवालयलाई दिएको छ ।

कमिटीलाई पूर्णता दिने म्याण्डेट बमोजिम शुक्रबार ९३ जना केन्द्रीय सदस्य घोषणा गरिएको छ । यसअघि पोलिटब्यूरोमा रहेका नेताहरूलाई केन्द्रीय कमिटीमा राखेर घोषणा गरिएको छ ।

बाँकी पदाधिकारी र केन्द्रीय कमिटीबारे तत्काल निर्णय नहुने भएको छ । तर शुक्रबार महाधिवेशन समापन भएको सन्देश दिन १९ बुँदे प्रस्ताव सार्वजनिक गरिएको छ ।

जसमध्ये अधिकांश प्राविधिक विषय छन् । राजनीतिक विषयमा भने एकीकृत समाजवादी कम्युनिष्ट एकताको पक्षमा रहेको प्रष्ट पारेको छ ।

‘वर्ग संघर्षलाई सही दिशा र गति दिनका लागि र समाजवादी क्रान्तिका लागि वामपन्थीहरूबीच बृहत एकता र सहकार्य अगाडि बढाउन यो महाधिवेशन नेपालका सबै वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूलाई आह्वान गर्दछ’, अपिलमा भनिएको छ ।

सँगै नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सत्ता परिवर्तनको निर्णयको चर्को भाषामा आपत्ति जनाइएको छ । कुनै सैद्धान्तिक आधार विना गरिएको सत्ता परिवर्तनको निर्णय दक्षिणपन्थी अवसरवाद भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘सरकारको समीकरण परिवर्तन गर्दै कुनै सैद्धान्तिक आधार विना सत्ता स्वार्थका लागि जोसँगै पनि जतिखेर पनि जस्तोसुकै सम्झौता गरेर अस्थिरता निम्त्याउने काम गर्नु दक्षिणपन्थी अवसरवाद हो भन्ने यो महाधिवेशनको निष्कर्ष छ’, वक्तव्यमा लेखिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?