 
																			२४ असार, काठमाडौं । नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् ।
बाढी, पहिरो र डुबानलगायत प्राकृतिक प्रकोपको उचित व्यवस्थापन गर्न नसकेको र कार्ययोजना बनाएर काम गर्न नसकेको भन्दै उनले राजीनामा माग गरेका हुन् ।
सोमबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद मैनालीले पछिल्लो एक महिनामा प्राकृतिक प्रकोपमा परी ६७ जना मानिसको मृत्यु भएको बताए ।
कैयौं घाइते भएको भन्दै मैनालीले निःशुल्क स्वास्थ्य उपचारको माग गरे ।
तमाम समस्याका बाबजुत सरकार कानमा तेल हालेर बसेको टिप्पणी गर्दै उनले थपे, ‘यो सबै घटनाको तत्काल जवाफ दिन माग गर्छु । होइन भने नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भन्ने सुझाव दिन चाहन्छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4