+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
७४ बलमा ४८ रन आवश्यक
विराटनगर किंग्स 2025
100/1 (7.4)
Shares

विवाहित महिलाको सौन्दर्य प्रतियोगिताको उपाधि सुजाता सुब्बालाई

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २५ गते १२:१०

काठमाडौं । विवाहित महिलाको सौन्दर्यको प्रतियोगिता ‘द मिसेस नेसनल २०२४’ को ग्रान्ड फिनाले सम्पन्न भएको छ । क्रिजोना मिडिया ग्रुपद्वारा आयोजित पेजेन्टको दोस्रो संस्करणको उपाधि इलामकी सुजाता सुब्बाले जितिन् ।

फेसन डिजाइनर रहेकी सुब्बाले बेस्ट फिगरको सहविधा समेत आफ्नो पोल्टामा पारिन् । ‘महिलालाई सशक्त बनाऊँ, राष्ट्रलाई सशक्त बनाऊँ’ भन्ने नाराका साथ जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा मञ्जु आचार्य फस्ट रनरअप घोषित भइन् । उनले मस्ट एनरजेटिकको सहविधा जितिन् ।

मञ्जिल रञ्जितकारले सेकेन्ड रनरअपका साथमा मस्ट पपुलर र मस्ट एलिगेन्ट उपाधि जिते । १६ विवाहित सुन्दरीले प्रतिस्पर्धा गरेको फिनालेमा अनिता मण्डल लामा दोङ भ्युअर्स च्वाइस र मस्ट फोटोजेनिक, शर्मिला ताम्राकार मिसेस एम्बेस्डर, अञ्जना भट्टराई मस्ट क्यारिजम्याटिक सहविधाका विजेता घोषित भए ।

रुबी किरण दास मस्ट ग्रेसफुल, करिश्मा भण्डारी मिसेस फ्यासिओनिस्ता, सिर्जना बुढा थापा बेस्ट स्माइल, प्रमिला दाहाल मस्ट डिसिप्लेन, श्री कुँवर मस्ट इन्सपायरिङ, रिंकल गुप्ता मस्ट आइकोनिक, रोजी थापा बेस्ट पर्सनालिटी, सुस्मा रेग्मी मष्ट कन्फिडेन्ट, मञ्जु पौडेल मस्ट ट्यालेन्टेड र सदीक्षा अधिकारी बेस्ट वाक सहउपाधिको विजेता बन्न सफल भए ।

लभिन अन्सारीको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा मोडल दीपक घिमिरे, फेसन डिजाइनर मिनु श्रेष्ठ र अन्तर्राष्ट्रिय जुम्बा प्रशिक्षक प्रतिमा श्रेष्ठ निर्णायक थिए । प्रतियोगिता पूर्वखानेपानी महिन्द्र यादव, सांसद रेणु साह, सेफ सन्तोष शाह र अभिनेता किरण केसीको आतिथ्यतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?