
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन ।
२६ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको बैठक बोलाएको छ ।
बिहीबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिनेलगायत विषयबारे बैठकमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्सि, शुक्रबार विश्वासको मत लिंदैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4