४ साउन, तनहुँ । तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।
बन्दीपुर–४ सालथान निवासी जीत बहादुर अछामीका ११ वर्षीय छोरा सुन्दर अछामीको चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
प्रहरीका अनुसार बिहीबार बेलुकी सवा ८ बजे गाईगोठबाट घरतर्फ फर्किने क्रममा चितुवाले बालकलाई आक्रमण गरी घाइते बनाएको थियो । उनको उपचारको क्रममा बन्दिपुर अस्पतालमा मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4