+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

पाल्पामा डेंगुका संक्रमित ८९ पुगे

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १० गते १५:२७

१० साउन, पाल्पा । पाल्पामा पछिल्लो सातामा मात्रै १४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यो वर्ष जिल्लामा कुल संक्रमित संख्या ८९ पुगेको छ । जसमा जिल्लाभित्रका ५० जना र अरु जिल्लाबाहिरबाट आएका नागरिक रहेका छन् ।

जिल्लाका विभिन्न स्थानीय तहहरु र तानसेनस्थित युनाइटेड मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि आउने बाहिरी जिल्लाका नागरिकमासमेत संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पा प्रमुख डा.राजेन्द्र कुमार गिरीले जानकारी दिए ।

परीक्षणको दायरा वृद्धि भएको र घामपानी अर्थात अहिलेको मौसममा लामखुट्टेको वृद्धिविकासमा टेवा पुग्ने हुँदा पनि संक्रमण धेरै फैलिएको डा. गिरीले बताए ।

गत जनवरीदेखिको तथ्यांकमा पछिल्लो महिनामा सबैभन्दा धेरैमा संक्रमण देखा परेको हो । अहिले लक्षणका आधारमा परीक्षण गर्दा धेरै बिरामीमा संक्रमण देखिएको अस्पतालहरुले जनाएका छन् । निजी स्वास्थ्य संस्थामा जाँच गराएका र घरमै बस्नेहरुको तथ्यांक यसमा समावेश छैन ।

पछिल्ला वर्षहरुमा जिल्लामा डेंगुको संक्रमण प्रत्येक वर्ष बढ्दो क्रममा छ । गत वर्ष ६५५ जनामा संक्रमण पुष्टि भएको थियो । मनसुनपछिको समयमा डेंगु बढी फैलिने भएकाले यस वर्ष संक्रमित संख्या अझै बढ्न सक्छ ।

संक्रमण नियन्त्रणका लागि जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य शाखामार्फत्‌ ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरी सचेतना फैलाउन स्वास्थ्य कार्यालयले परिपत्र गरेको छ ।

डेंगु एडिस (एजिप्टाइ) जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । डेंगुको संक्रमण भएमा असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशी दुख्ने, शरीरमा बिबिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने लक्षण देखा पर्छन् ।

डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?