+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

मंगलबार हुने त्रिवि सभाको बैठक स्ववियु सभापतिहरूले बहिष्कार गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १४ गते २०:०४

१४ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सभा सदस्य रहेका स्ववियु सभापतिहरूले मंगलबार हुन लागेको त्रिवि सभा बहिष्कार गर्ने भएका छन् ।

सोमबार भएको ‘प्रि सिनेट’ मा नीतिको कुनै कुरा नसमेटिएको, बजेटको कुरा मात्रै समेटिएको र बजेट पनि पारदर्शी नभएको भन्दै त्रिवि सभा बहिष्कार गर्ने निर्णय गरेका हुन् ।

त्रिवि सभा सदस्य तथा कीर्तिपुर विश्वविद्यालय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाले सभा बहिष्कार गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

‘हामी तीनवटा सिनेट बैठकमा सहभागी भयौं । तर कतै नीतिको कुरा आउँदैन, विश्वविद्यालयको ऐनहरू परिमार्जन तथा संशोधन गर्नुपर्ने कुरा राख्दै आएका छौं । आज पनि हामी राख्छौं, हाम्रो एजेन्डाहरू सम्बोधन हुनुपर्छ भन्दा स्पेस नै छैन भन्नुभो,’ उनले भने ‘जहिल्यै पनि बजेटको कुरा गर्ने त्यो पनि पारदर्शी हुँदैन ।’

त्रिविको २८ अर्ब बेरुजु रहेकोमा यो वर्ष त्रिविको प्रस्तावित बजेट २६ अर्ब रहेको बताए ।

‘प्रि सिनेट’मा सहभागी भएका त्रिवि सभा सदस्यहरू कीर्तिपुर विश्वविद्यालय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझा, नेपाल ल क्याम्पसका स्ववियु सभापति विष्णु ढुंगेल र पुलचोक इन्जिनियरिङ क्याम्पसका स्ववियु सभापति विराज अर्यालले संयुक्त रुपमा बहिष्कार गर्ने निर्णय गरेको बताएका छन् ।

स्ववियु सभापतिहरू मध्येबाट दुई जना त्रिवि सभा सदस्य हुनुपर्ने व्यवस्था भए पनि पूर्व कुलपति पुष्पकमल दाहालले एक जना आमन्त्रित सदस्य भन्दै थप गरेका थिए ।

मंगलबार त्रिवि सभा कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा त्रिवि स्मृति भवनमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?