+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

ब्रिटिस कलेजमा अध्ययनरत एसीसीए विद्यार्थी पुनः विश्व टपरको सूचीमा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १५ गते १३:५५

काठमाडौं । द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययनरत विद्यार्थी स्यान्ड्रा खत्री विश्व टपरको सूचीमा पर्न सफल भएकी छिन् ।

ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थी खत्रीले ‘ट्याक्सेसन’ विषयको परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्दै विश्व टपरको सूचीमा पर्न सफल भएकी हुन् ।

गत जुन महिनामा सम्पन्न ट्याक्सेसन विषयको परीक्षामा ९४ प्रतिशत अंकसहित खत्री शीर्ष तीनमा पर्न सफल भएकी हुन् ।

ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थीले निरन्तर रुपमा विश्वस्तरीय नतिजा ल्याइरहेका छन् ।

यसअघि सन् २०२३ को जुन महिनामा भएको ट्याक्सेसन विषयको परीक्षामा दिपांशु थापाले ९८ प्रतिशत अंक ल्याएर विश्वकै दोस्रो स्थान हासिल गरेका थिए भने ९७ प्रतिशत अंक ल्याएर हर्षवर्धन शाह तेस्रो भएका थिए ।

त्यस्तै, रञ्जन पौडेलले ‘स्ट्राटेजिक बिजनेस रिपोर्टिङ’ विषयमा ९१ प्रशित अंक ल्याएर दोस्रो स्थान हासिल गरेका थिए । रिया मानन्धर र रेजिका महर्जन दुई पटकसम्म विश्वकै उत्कृष्ट विद्यार्थी बनेका थिए ।

विश्वस्तरिय नतिजा प्राप्त गरेपछि खुसी व्यक्त गर्दै खत्रीले शिक्षक तथा कलेजमा आबद्ध सम्पूर्णलाई धन्यवाद दिए ।

पछिल्लो समय विश्व बजारमा फिट हुनका लागि लचिलो विषयमा योग्यता चाहिने भन्दै उनले त्यसमध्ये एक एसीसीए शैक्षिक कार्यक्रम भएको बताए ।

एसीसीए शैक्षिक कार्यक्रमका सिनियर प्रोग्राम म्यानेजर दीपेन्द्रकुमार श्रेष्ठले लामो समयको अनुभवले विद्यार्थीलाई राम्रो शिक्षा प्रदान गर्न सकेका भन्दै विद्यार्थीलाई व्यावहारिक रूपमा पनि सबल बनाउन टिम सफल भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?