+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

हलिउड स्टारको रुपमा किन चर्चित भइरहेको छ ‘बेलायतकै कुरुप कुकुर’ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २० गते १७:४५

काठमाडौं । बेलायतको ‘सबैभन्दा कुरूप’ भनिने कुकुरको चर्चा यतिबेला हलिउड मात्र होइन, संसारभर भइरहेको छ । ‘पेग्गी’ नामको यो कुकुर अहिले हलमा चलिरहेको ‘डेडपुल एण्ड वुल्भरिन’को प्रमुख कलाकारमध्ये हो ।

यसरी एउटा कुरुप कुकुर एकाएक हलिउड स्टारमा परिणत हुनुलाई उसका मालिक अप्रत्यासित घटना बताउँछन् । पाँच वर्षको पेग्गीले एमसीयूको यो नयाँ फिल्ममा रायन रेनोल्ड्स र ह्युज ज्याकम्यान जस्ता स्टारसँग काम गरेको छ ।

पग र चिनियाँ मिक्स–ब्रिड रहेको यो कुकुरलाई फिल्ममा डगपुलको भूमिकामा कास्ट गरिएको छ । गत वर्ष आयोजित कुरुप कुकुरहरुको राष्ट्रिय प्रतियोगितामा पेग्गीले ताज लगाएको थियो ।

विगत १८ महिनाको सम्झना गर्दै पूर्वी योर्कसायरमा बसोबास गर्ने पेगीका मालिक होली मिडल्टन भन्छिन्, ‘मैले सपनामा पनि त्यस्तो कुनै घटना भएको होला भन्ने सोचेको थिइनँ ।’

उनी अगाडि भन्छिन्, ‘जब हामीले उसको फोटो कुकुर प्रतियोगितामा पेश गर्‍यौं, यतिबेला मैले यो सोचेको थिइनँ कि पेग्गी यति उचाइमा पुग्छ भनेर । मैले चाहेकी थिइनँ कि यति ठूलो सम्झौता हुनेछ भनेर ।’

यद्यपि, यति ठूलो फ्यान फलोइङको बाबजुद मिडलटनले पेग्गीले घरमा कुनै पनि सेलिब्रेटी जस्तो व्यवहार प्रदर्शन नगर्ने बताइन् । यसको विपरीत सामान्यतया ‘रिभर्ज बस्ने र अल्छी’ यो कुकुरले ‘डेडपुल एण्ड वुल्भरिन’को छायांकनको क्रममा उसको प्रशिक्षकबाट अलि बढी आत्मविश्वास प्राप्त गरेको थियो ।

‘ऊ अझै पनि पुरानै पग जस्तै सरल छ,’ मिडल्टनले भनिन् ।

३७ वर्षीया मेकअप आर्टिस्टले पेग्गीलाई फिल्मको छायांकनका लागि घरबाट टाढा राख्दा परिवारले उनलाई मिस गरेको बताइन् । ‘उनी फर्किंदा म खुसी छु । हामीले उनलाई मिस गर्‍यौं,’ उनले भनिन् ।

‘पेग्गीलाई न्युयोर्कमा आयोजित प्रिमियरमा डेब्यु गरेको र हलिउड ए–लिस्टर्सद्वारा रातो कार्पेटमा सहभागी भएको हेर्नु एक स्वैरकाल्पनिक घटना थियो,’ मिडल्टनले भनिन् ।

‘मलाई यो दृश्य मनपर्‍यो । पूरै समय पेग्गी आरामदायी देखिन्थ्यो । विशेषगरी, रायन रेनोल्ड्सले कुत्कुत्याउँदा अझै,’ उनी भन्छिन्, ‘उनीहरु साँच्चै पेग्गीलाई धेरै माया गर्छन् । उनीप्रति कोमल पनि छन् । त्यो तपाईंले देख्न सक्नुहुन्छ । उनीहरुले उनलाई चुम्बन गरिरहेका छन् र टाउकोमा हल्का रगडिरहेका छन् ।’

मिटल्टनले पेग्गीलाई भविष्यमा अन्य कुनै फिल्ममा कास्ट गर्नेबारे निर्णय भइनसकेको बताइन् । पेग्गी घरमै रमाएकोमा उनी सन्तुष्ट छिन् ।

पेग्गीको विश्वव्यापी लोकप्रियताका बाबजुद, मिडल्टनले उनी ‘गाउँमा हिंड्ने सबै कुकुरहरू जस्तै’ रहेको र आफूले ध्यान दिने र माया गर्ने गरेको बताउँछिन् ।

उनले बिहीबार लण्डनस्थित एपोलोमा आयोजित प्रमोसनल कार्यक्रममा अभिनेताहरुसँग उनको सुपरहिरो पोशाकसँग खेल्दै गरेको फोटो पनि खिचेकी थिइन् ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?