+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बाढीपहिरो र आगलागी पीडितले अस्थायी आवास बनाउन ५० हजार पाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २२ गते १०:१८

२२ साउन, काठमाडौं । सरकारले प्राकृतिक विपद्मा घर गुमाएकाहरुलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

विपद् व्यवस्थापन कार्यकारी समितिको सोमबारको बैठकले बाढी, पहिरो र आगलागीमा घर गुमाएकाहरुलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

यसअघि भूकम्पबाट घर गुमाएकाहरुलाई मात्र अस्थायी आवासका लागि राहत रकम दिने निर्णय सरकारले गरेको थियो । तर, सोमबारको कार्यकारी समितिको बैठकले बाढी, पहिरो र आगलागीबाट घर गुमाएकाहरुलाई पनि अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने कार्यविधि स्वीकृत गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए ।

विपद व्यवस्थापन कार्यकारी समितिको २१ वैशाख २०८१ मा बसेको २२ औं कार्यकारी समितिको बैठकले विपद्बाट प्रभावित घर परिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि २०८१ अर्थ मन्त्रालयको सहमति प्राप्त गरी स्वीकृत गर्ने निर्णय गरेको थियो । तर अर्थ मन्त्रालयबाट राय प्राप्त नहुँदा त्यो स्वीकृत हुन सकेको थिएन ।

हालै मात्र अर्थले सहमति दिएपछि सोमबारको कार्यकारी समितिको बैठकले बाढी, पहिरो र आगलागीमा घर गुमाएकाहरुलाई दुई किस्तामा ५० हजार रुपैयाँ दिने निर्णय गरेको प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?