+
+

दुई महिने सांगीतिक टुरका लागि अमेरिका उडे शान्तिश्रीसहितका गायिका  

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २२ गते १२:५५

काठमाडौं । दुई महिना लामो ‘अब नाच्छ अमेरिका’ टुरका लागि गायिकात्रय शान्तिश्री परियार, रचना रिमाल र ज्योति मगर अमेरिका उडेका छन् । उनीहरुको साथमा मोडल करिश्मा ढकाल पनि छिन् ।

सोमबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरु अमेरिकातर्फ प्रस्थान गरे । उड्नुअघि सामाजिक सञ्जालबाट उनीहरुले यसबारे जानकारी दिएका छन् । यी सबैको यो पहिलो अमेरिका भ्रमण हो ।

हरितालिका तीजको अवसरमा अमेरिकाको १९ सहरमा उक्त कार्यक्रम हुँदैछ । फ्लाइ नेपालले अमेरिकाका विभिन्न सहरमा कार्यक्रम आयोजना गर्न लागेको हो ।

अगस्ट १० मा पूर्वी सहर बोस्टनदेखि सुरु हुने उनीहरुको यो अभियान सेप्टेम्बर २९ मा क्यालिफोर्नियाको लस एन्जलसमा गएर टुंगिनेछ । ‘हजुरहरुको अपार माया र आशीर्वादको कृपाले करिब ५५ दिनको अमेरिका सांगीतिक यात्राका लागि आज अमेरिका जाँदैछु,’ उड्नुअघि रचनाले फेसबुकमा लेखेकी छन्, ‘केही वर्षअघिसम्म पारिवारिक अवस्थाले गर्दा उच्च शिक्षापश्चात् वैदेशिक रोजगारीको लागि कुनै न कुनै देश जानुपर्छ भनेर योजना बनाएकी म अहिले हजुरहरुकै कारणले आफ्नो १५ औं अन्तर्राष्ट्रिय सांगीतिक यात्राको क्रममा छु ।’

नेपाली समुदायको बाक्लो उपस्थिति रहेका बोस्टन, न्युयोर्क, मेरिल्याण्ड, भर्जिनिया, कोलम्बस, मिसिगन, टेक्सस, सिकागो, सान फ्रान्सिस्को र लस एन्जलस लगायतका राज्य र सहरमा कार्यक्रम तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?