काठमाडौं । ‘आईएमई पे’ ले सञ्चालन गरेको रिफन्डेबल फिचर मार्फत् आन्तरिक हवाई टिकट काट्नेको संख्या उल्लेख्य बढेको कम्पनीले जनाएको छ ।
सहज फिचर सँगसँगै प्रयोगकर्ताहरूले कल तथा इमेल मार्फत पाउने ग्राहकमैत्री सेवा र तत्कालै हुने रिफन्डले गर्दा यो सेवा मार्फत हवाई टिकट काट्ने ग्राहकको संख्या बढेको कम्पनीले जनाएको छ ।
मनसुनको समयमा मौसमको फेरबदल भइरहँदा आईएमई पे मार्फत प्राप्त यस रिफन्डेबल टिकट फिचरले ग्राहकलाई ढुक्कले यात्राका लागि टिकट खरिद गर्ने हौसला प्रदान गरेको कम्पनीको भनाइ छ ।
आईएमई पे एप मार्फत प्रयोगकर्ताहरूले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट काट्दा आन्तरिक हवाई टिकटमा क्यास ब्याक, रिवार्ड पोइन्ट र टिकट-रिफन्डेबल फिचर पनि पाउन सक्छन् ।
आईएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले आन्तरिक हवाई टिकटमा टिकट रिफन्डेबल फिचरमा प्रयोगकर्ताहरूको बढ्दो संख्याले र उत्साहले अझै सेवाहरू थप्न कम्पनी उत्साहित भएको बताए ।
प्रतिक्रिया 4