 
																			२३ साउन, काठमाडौं । कार्यसम्पादन मूल्यांकनमा ५७ वटा जिल्ला प्रशासन कार्यालयहरुले ९० भन्दा बढी अंक ल्याएका छन् । गृह मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१मा गरेको कामका आधारमा गरेको मूल्यांकनमा १८ वटा जिल्ला प्रशासन कार्यालयहरूले ९५ र सो भन्दा बढी अंक पाएका छन् ।
कार्यसम्पादन मूल्यांकन सम्झौता बमोजिम मूल्यांकन गर्दा जिल्ला प्रशासन कार्यालयहरुले ७६.२५ देखि ९८ अंकसम्म पाएको मन्त्रालयले जनाएको छ । कार्यालयहरुमध्ये जिल्ला प्रशासन कार्यालय रुपन्देही ९८ अंक ल्याएर पहिलो स्थानमा छ भने जिल्ला प्रशासन कार्यालय सिरहा ७६.२५ अंकसहित अन्तिम स्थानमा छ ।
रुपन्देहीसहित पाल्पा, बाग्लुङ, रुकुम पश्चिम, मकवानपुर, पर्वत, गुल्मी, तेह्रथुम र सोलुखुम्बु उत्कृष्ट १०को सूचीभित्र परेका छन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4