+

भोलि र पर्सि मनसुन बुलेट राइड हुँदै

२०८१ साउन  २४ गते १३:२८ २०८१ साउन २४ गते १३:२८
भोलि र पर्सि मनसुन बुलेट राइड हुँदै

२४ साउन, काठमाडौं । नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ मनसुन बुलेट राइड आयोजना हुने भएको छ ।

बुलेट सर्भिस सेन्टर, बालाजुका सञ्चालक सञ्जय बुढाथोकीले हरेक वर्ष नेपालको विभिन्न क्षेत्रमा बुलेट बाइकको राइड सञ्चालन गर्दै आएका छन् । यसअघि नेपालको ढोरपाटन, सिन्धुली लगायतका पर्यटकीय स्थलहरूका साथै भारतको सिक्किम, गान्तोकसम्म राइड कार्यक्रम गरिएको थियो ।

सोही राइडको निरन्तरता स्वरूप यसवर्ष पनि मनसुनमा राइड आयोजना गर्न लागिएको बुढाथोकीले बताए । यही साउन २५ र २६ गते आयोजना हुने दुई दिने बुलेट राइडमा करिब ३५ बाइक राइडर समावेश हुनेछन् ।

उनीहरुले काठमाडौंदेखि चुम्लिङटारसम्मको यात्रा गरेर काठमाडौं फर्कनेछन् । पहिलो दिन शुक्रबार राइडरहरु काठमाडौंबाट निस्केर रिभर फन रिसोर्ट पुग्नेछन् ।

त्यहाँ आरामपछि विभिन्न विभिन्न बाइकसम्बन्धी गेमहरु खेलाउने र रमाइलो कार्यक्रमहरु हुनेछ । यस्तै शनिबार र्‍याफ्टिङ कार्यक्रम हुनेछ र सबै जना काठमाडौं फर्कनेछन् ।

मनसुन बुलेट राइड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय