+

खानेकुरा प्याकिङमा प्रयोग हुने ‘एल्युमिनियम फोयल’ स्वास्थ्यलाई कति हानिकारक ?

२०८१ साउन  २५ गते १२:४३ २०८१ साउन २५ गते १२:४३
खानेकुरा प्याकिङमा प्रयोग हुने ‘एल्युमिनियम फोयल’ स्वास्थ्यलाई कति हानिकारक ?

हाम्रो भान्साकोठामा कतिपय यस्ता सामग्री हुनसक्छन्, जसलाई प्रयोग गर्नुअघि कतिको सुरक्षित छन् भनेर सोच्नुपर्ने हुन्छ । जसमध्ये एक हो, एल्युमिनियम फोयल ।

अफिस जानेहरूका लागि खाजा प्याकिङ होस् वा बालबालिकाका लागि टिफिन, एल्युमिनियम फोयलकै प्रयोग सहज हुन्छ ।

यसले खानालाई लामो समयसम्म तातो राख्न मद्दत गर्छ । साथै, रेस्टुरेन्ट तथा होटेलमा खाना प्याक गर्न लागि एल्युमिनियम फोयलकै व्यापक रूपमा प्रयोग गरिन्छ ।

चिकेन-मटन ग्रिल गर्नेदेखि रोटी बेर्नेसम्म, एल्युमिनियम फोयलले पाककलाको कामलाई धेरै सजिलो बनाएको छ । तर सहज र खानेकुरालाई तातो बनाइराख्ने सुविधाजनक एल्युमिनियम फोयल शरीरका लागि फाइदाजनक नहुने स्वास्थ्य विज्ञहरु बताउँछन् । यससम्बन्धी केही अध्ययन पनि भएका छन् ।

स्वास्थ्यमा एल्युमिनियमको प्रभाव

स्वास्थ्य विज्ञहरू भन्छन्, ‘यससम्बन्धी भएका सबै जसो अध्ययन तथा अनुसन्धानहरूले एल्युमिनियम स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरामा केन्द्रित भइरहेका छन् ।

एल्युमिनियम एक प्रकारको धातु हो । यसमा खानेकुरा प्याक गर्दा एल्युमिनियमका कणहरू खानेकुरामा मिसिएका हुन्छन् । यो कण दिसा र पिसाबबाट बाहिर जान्छ । तर यदि यसको मात्रा शरीरमा धेरै भयो भने गम्भीर असर गर्न सक्छ ।

के भन्छ अध्ययन ?

एल्युमिनियमका कणहरूको मात्रा धेरै भएमा शरीरभित्र दिमाग, हड्डीदेखि विभिन्न भागमा पुग्छन् । यसमा प्याक गरिएको खानेकुरा खाइराख्दा यो कण मस्तिष्कमा पुगी त्यसमा रहेको कैयौं भागलाई हानि गर्ने साइन्स डाइरेक्ट डटकममा प्रकाशित एक अध्ययनले देखाएको छ ।

त्यस्तै, इन्टरनेसनल जर्नल अफ इलेक्ट्रोकेमिकल साइन्स जर्नलमा प्रकाशित एक अध्ययनअनुसार एल्युमिनियमबाट विभिन्न उत्तेजक पदार्थहरूमा निस्कन्छ । यसमा हुने एसिड मदिरामा भन्दा पनि उच्च हुन्छ । जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

खानालाई एल्युमिनियममा लामो समयसम्म बेरेर राख्दा त्यसमा हावा पास हुन पाउँदैन । र, ब्याक्टेरियाहरू खानाभित्र पस्छ । फलस्वरुप, छिट्टै खानेकुरा बिग्रिन सक्छ । सो खानेकुरा खाँदा पेटमा कब्जियत, अपच र ग्यासको समस्या हुन थाल्छ । साथमा यसले पाचन प्रणाली पनि खराब बनाउँछ ।

जब अम्लीय र नुनिलो खानेकुरामा लामो समयसम्म एल्युमिनियम फोयलमा राखिन्छ । यसमा रासायनिक प्रतिक्रिया हुन्छ । जसकारण स्वाद परिवर्तन भई कलेजो र मिर्गौला सम्बन्धित समस्या हुनसक्ने समेत अध्ययनहरूले देखाएका छन् ।

इजिप्टको ऐन शम्स युनिभर्सिटीका रसायनशास्त्र विभागका प्रमुख प्रोफेसर तथा अध्ययनकर्ता गडा बासियोनी भन्छन्, ‘हाम्रो भान्सामा धेरै चीज छन् जसबाट एल्युमिनियम शरीरमा पुग्छ ।

एल्युमिनियमको अत्यधिक एक्सपोजरले मानिसमा भ्रम, मांसपेशी कमजोरी, हड्डी दुखाइ, हुर्किंदै गरेका बालबालिकाको विकासमा असर गर्न सक्छ ।’

यस्तोमा खाना फोयलमा राखेर चुलोमा तताउनु र त्यसमा प्याक गरिएको खानेकुरा एल्युमिनियमको भाँडा वा प्यानमा खाना पकाउनुभन्दा बढी हानिकारक मानिने उनी बताउँछन् ।

‘खानेकुरा एल्युमिनियमकै भाँडोमा पकाउनु उचित छ । यसले कुनै हानि गर्दैन । तर खानेकुरा लामो समयसम्म सो पेपरमा राख्नु वा राखेर खानेकुरा पकाउनु घातक हुनसक्छ,’ उनी भन्छन् ।

यस्ता अध्ययनले खाना पकाउँदा एल्युमिनियम फोयलको नियमित प्रयोग स्वास्थ्यका लागि हानिकारक हुनसक्छ भन्नेबारे सचेत गराएको छ । यद्यपि, यही रोगको जोखिम हुन्छ भनेर किटान गर्न सक्ने कुनै बलियो प्रमाण अझै पुष्टि भइसकेको छैन ।

एजेन्सीको सहयोगमा

एल्युमिनियम फोयल खानेकुरा प्याकिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डा.अरुण शाहीले पाए ‘एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस’ अवार्ड

डा.अरुण शाहीले पाए ‘एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस’ अवार्ड

वर्तमान संकटले उब्जाएको मनोसामाजिक असरलाई कसरी कम गर्ने ?

वर्तमान संकटले उब्जाएको मनोसामाजिक असरलाई कसरी कम गर्ने ?

मधुमेहका कारण पिसाबमा रगत आउँछ ?

मधुमेहका कारण पिसाबमा रगत आउँछ ?

देश बिरामी भएका बेला स्वास्थ्य मन्त्री को ? चर्चित होइन राम्रो रोजौं

देश बिरामी भएका बेला स्वास्थ्य मन्त्री को ? चर्चित होइन राम्रो रोजौं

पोस्टमार्टमबाट आन्दोलनमा मृत्यु भएकाको कसरी पहिचान हुन्छ ?

पोस्टमार्टमबाट आन्दोलनमा मृत्यु भएकाको कसरी पहिचान हुन्छ ?

हाम्रा केही बानी, जसलाई सुधार्न सके स्वास्थ्य राम्रो बनाउन सकिन्छ

हाम्रा केही बानी, जसलाई सुधार्न सके स्वास्थ्य राम्रो बनाउन सकिन्छ