 
																			काठमाडौं । हरितालिका तीज पर्वको अवसरमा ११ मौलिक गीतलाई एकैपटक सार्वजनिक गरिएको छ । आइतबार राष्ट्रिय नाचघर जमलमा आयोजित कार्यक्रममा सर्जकको उपस्थितीमा सामूहिक विमोचन गरियो ।
लोक संचारकर्मी नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले मौलिकताले भरिपूर्ण गीत सामूहिक रुपमा विमोचन गर्न पाउँदा खुसी लागेको उनले बताए ।
सांस्कृतिक पर्व तीज भन्ने बित्तिकै नारी जोडिने भएकाले नारीको भाव गीतमा अटाउनुपर्ने धारणा उनले राखे । सस्तो लोकप्रियतातर्फ नलाग्न कलाकारलाई उनको आग्रह थियो ।
तीजलाई नयाँ पुस्तासम्म पुर्याउन संस्थानले कार्य गरिरहेको उनले बताए । संगीत सेन्सर गर्नुपर्ने धारणा राख्नै यस्तो व्यवस्था गरिए नियमन निकायको रुपमा संस्थानले कार्य गर्ने बताए । ‘यसका लागी हामीले सरकार समक्ष पत्र पनि पठाईसकेका छौं’ उनले भने ।
सार्वजनिक ११ मौलिक तीज गीतमा शान्तिश्री परियारको स्वरमा ‘काली पसम की’, सूर्य खड्का र सुनिता बुढा क्षेत्रीको स्वरमा ‘सीताका माईती’, शर्मिला गुरुङ र कमला पोखरेलको स्वरमा ‘बाबाको आगनी’, राधिका ढकाल, शारदा रसाइली र कोपिला तामाङ वाइवाको स्वरमा ‘सारी लरक्कै’, शान्ता जिसी र प्रेम सापकोटा सोनुको स्वरमा ‘फेरी आयो तीज’, खुमन अधिकारी र कल्पना पराजुलीको स्वरमा ‘कालो कपाल पारेर फरर’, उमा श्रेष्ठको स्वरमा ‘मैदानैमा ताल’, सुनिता बुढा क्षेत्रीको स्वरमा ‘चेलीलाई माइती’, सरस्वती लामिछानेको स्वरमा ‘सैनाले दिएको ऐना’, अनिता चलाउने र खेम सेन्चुरीको स्वरमा ‘म राम्रो कि ऊ राम्रो भन्देऊ’ र शान्तिश्री परियारको स्वरमा ‘यसपालीको तीज रमाइलो’ छन् ।
लोक सन्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले सामूहिक रुपमा सार्वजनिक भएका ११ मौलिक तीज गीतका सर्जकलाई बधाई दिए । सजर्कलाई मौलिकता नबिर्सिदिन उनले आग्रह गरे ।
वरिष्ठ गायक तथा सांस्कृतिक अध्ययन तथा खोज अनुसन्धान परिषद्का अध्यक्ष बमबहादुर कार्कीले पछिल्लो समय गीतमा विकृती आएकोबारे निकै सुनिरहेको तर विकृति गीतमा मात्रै हैन संस्कृतिमै रहेको भन्दै आफूहरुले अध्ययन गरिरहेको बताए ।
वरिष्ठ गायिका तारा थापाले ५३ बर्ष अघि गाएको गीतलाई स्मरण गर्दै अहिले आईरहेका गीतमाथी विमर्श गरिन् । गायिका शर्मिला गुरुङले पछिल्लो समय तीज गीतका नाममा जथाभावी प्रकारका गीत सार्वजनिक भइरहेकोमा दुःख व्यक्त गरिन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4