+
+

नेपाल पुनर्बीमा : नाफा घट्यो, प्रतिसेयर आम्दानी ४ रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २८ गते ९:०३

२७ साउन, काठमाडौं । सरकारी बहुस्वामित्वको नेपाल पुनर्बीमा कम्पनीले बल्ल गत आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा १३.४ प्रतिशत घटेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म ५१ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा यस्तो आम्दानी ५९ करोड ६२ लाख रुपैयाँ थियो ।

कम्पनीको प्रिमियसहित कुल आम्दानी घटेपछि नाफामा असर परेको देखिन्छ । कम्पनीको प्रिमियम आम्दानी अघिल्लो आर्थिक वर्षमा तेस्रो त्रैमाससम्म ५ अर्ब ६३ करोड रहेकोमा गत आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब १५ करोड छ । त्यस्तै कुल आम्दानी अघिल्लो पटक ७ अर्ब २० करोड रहेकोमा गत वर्षको तेस्रो त्रैमासमा ६ अर्ब ५३ करोड छ ।

नाफा घट्दा प्रतिसेयर आम्दानी पनि घटेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३ पैसा छ । प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ४५ पैसा छ । १२ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । कम्पनीको सञ्चित आम्दानी १ अर्ब ८ करोड रुपैयाँ छ । यस्तो आम्दानी ६१ प्रतिशत बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?