+
+

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा २.५ गुणा बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २८ गते ११:३०

२८ साउन, काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा २.५ गुणा बढेको छ ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ६१ करोड २१ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यस्तो नाफा २३ करोड ८४ लाख रुपैयाँ थियो ।

कम्पनीको खुद प्रिमियम आम्दानी बढ्दा नाफामा टेवा पुगेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्ष ७४ करोेड ४२ लाख रहेकोमा गत आर्थिक वर्षमा १ अर्ब ४१ करोड पुगेको छ । कम्पनीको लगानी तथा ऋणवापतको आम्दानी अघिल्लो आर्थिक वर्ष २१ करोड ९४ लाख रहेकोमा गत आवमा ५७ करोड ५७ लाख छ ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । यस्ते आम्दानी अघिल्लो आर्थिक वर्षमा ७ रुपैयाँ ८७ पैसा रहेकोमा गत आर्थिक वर्षमा २० रुपैयाँ २१ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ७० पैसा छ भने कम्पनीको मूल्य सोमबार प्रतिकित्ता ७३० हाराहारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?