+
+

मर्जपछि बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा १४६ प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २८ गते ११:४९

२८ साउन, काठमाडौं । मर्जपछि एकीकृत वित्तीय विवरण आउँदा सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा उच्च दरले बढेको देखिएको छ ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ३९ करोड ६५ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा १६ करोड ११ लाख रुपैयाँ थियो । कम्पनीको खुद नाफा १४६ प्रतिशत बढेको देखिएको छ ।

गत आवमा कम्पनीको खुद प्रिमियम संकलन २७.५ प्रतिशत बढेर ९ अर्ब १० करोड छ । अघिल्लो वर्षमा यस्तो प्रिमियम संकलन ७ अर्ब १४ करोड थियो । त्यस्तै कुल आम्दानी पनि ३० प्रतिशत बढेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९१ पैसा छ । प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ५६ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?