काठमाडौं । कपिल शर्माको कमेडी शो दर्शकमाझ प्रिय छ । उनी हालै नेटफ्लिक्सको शो ‘द ग्रेट इन्डियन कपिल शो’ मा देखिएका थिए । यसैबीच, कपिलले यो शोको दोस्रो सिजनको घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्टर सेयर गर्दै उनले ‘द ग्रेट इन्डियन कपिल शो’को दोस्रो सिजनको औपचारिक पुष्टि गरेका हुन् । यो खबरले फ्यानलाई खुसी दिएको छ ।
भारतीय स्वतन्त्रता दिवस अवसरमा एक तस्वीर सेयर गर्दै कपिलले यो रोमाञ्चक खबर सेयर गरेका हुन् । उक्त फोटोमा गुलदस्ता र कार्यक्रमका कलाकारको झलक देखिन्छ ।
फोटो सेयर गर्दै कपिलले क्याप्सनमा लेखेका छन्, ‘द ग्रेट इन्डियन कपिल शो सिजन २ आउन लागेको छ । नेटफ्लिक्स श्रृंखला द ग्रेट इन्डियाको विषयवस्तु ।’ यसअघि नेटफ्लिक्स इन्डियाले जुन महिनामा एउटा भिडियो सेयर गर्दै दोस्रो सिजनको बारेमा संकेत गरेको थियो । नेटफ्लिक्सले सेयर गरेको भिडियोमा पहिलो सिजनका यादगार क्षण देखाइएको छ ।
भिडियोमा भनिएको छ, ‘थप मनोरन्जनका लागि तयार हुनुहोस् । किनकि द ग्रेट इन्डियन कपिल शोको सिजन २ केही महिनामा आउँदैछ । नयाँ सिजनका लागि पर्खिंदै गर्दा सिजन १ को लागि पूर्ण रूपमा आनन्द लिनुहोस् ।’
दर्शकको नकारात्मक प्रतिक्रियाका कारण निर्धारित समय भन्दा अगावै शो बन्द भएको दाबी गरिएको थियो । यद्यपि, नेटफ्लिक्सले यी हल्लाको खण्डन गरेको थियो । टोलीले यो शोका लागि सुरुमा १३ वटा एपिसोड मात्रै राखिएको र नयाँ सिजन छिट्टै सुरु हुने बताएको थियो ।
‘द ग्रेट इन्डियन कपिल शो’मा कपिलसँगै कृष्णा अभिषेक, किकु शारदा, अर्चना पूरण सिंह र राजीव ठाकुर पनि छन् । शोको पहिलो सिजनमा आमिर खान, रणवीर कपुसँगै उनकी आमा नीतु कपुर र दिदी ऋदिमा साहनी, कार्तिक आर्यन, दिलजीत दोसांझ र परिणिती चोपडालगायत धेरै स्टार अतिथिका रूपमा पुगेका थिए ।
प्रतिक्रिया 4