+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

सेयरमा भित्री र जालसाजी कारोबार गर्नेलाई सजाय बढाइँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २ गते १२:३०

२ भदौ, काठमाडौं । सेयर बजारमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गर्नेलाई जरिवाना बढाइने भएको छ । धितोपत्र सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा सो प्रस्ताव गरिएको छ । यो विधेयक संसदमा दर्ता भएको छ ।

दर्ता भएको विधेयकमा इन्साइडर ट्रेडिङमा दोषी देखिए बिगो बमोजिमको जरिवाना वा तीन वर्षसम्म कैद सजाय वा दुवै सजायको व्यवस्था गरिएको छ । हाल भने बिगो बमोजिमको जरिवाना वा एक वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने व्यवस्था छ ।

कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीको आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा अरुलाई धितोपत्र कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरु कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिन्छ ।

त्यस्तै हुँदै नभएको वा कृत्रिम वा झुठो कारोबार गरी, गराई धितोपत्रको मूल्य स्थिर गराएमा, बढाएमा, घटाएमा मूल्यमा उतारचढाव गराएको ठहरिने छ । यसरी मूल्य उतारचढाव गराएको अवस्थामा पनि बिगो खुलेकोमा बिगो भराई बिगो बमोजिमको जरिबाना वा ३ वर्षसम्म कैद वा दुवै सजाय र बिगो नखुलेमा ५ लाखदेखि ५० लाख रुपैयाँसम्म जरिबाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

हाल यस्तो सजायमा दोषी देखिएमा ५० हजारदेखि १ लाख ५० हजारसम्म जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । धितोपत्र बजारलाई प्रभावित पार्ने कार्य गरेमा हुने सजाय पनि बढाइने प्रस्ताव विधेयकमा छ ।

यसअन्तर्गत कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने, खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले बजार मूल्य बढाउने वा घटाउने कार्य गरेमा अब बिगो बराबरको जरिवाना, बिगो नखुलेमा ५ लाखदेखि ५० लाखसम्म जरिबाना वा ३ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था नयाँ दर्ता भएको विधेकमा राखिएको छ ।

हाल यस्ता विषयमा दोषी देखिएकालाई ५० हजारदेखि १ लाख ५० हजारसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । त्यस्तै जालसाजी गरी वा झुक्यानमा पारि धितोपत्र कारोबार गरेमा हुने सजाय जरिवाना पनि दर्ता भएको विधेयकमा बढाइएको छ । हाल यस्तो कारोबारमा १ लाख रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

तर संशोधित विधेयकमा भने बिगो खुलेकोमा बिगो बराबर जरिबाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय र बिगो नखुलेमा १० लाखदेखि ५० लाखसम्म जरिबाना वा ३ वर्ष कैद सजाय वा दुवै सजाय हुने शब्दहरु राखिएको छ ।

कुनै विवरण झुठो वा भ्रामक हो भन्ने थाहा हुँदाहुँदै वा विवरणमा कुनै कुरा छुटेको, लुकाइएको वा नपरेको कारणले त्यस्तो विवरण गलत वा भ्रामक भएको छ भन्ने जानीजानी त्यस्तो विवरणको आधारमा कसैलाई धितोपत्र खरिद वा बिक्री गर्न उत्साहित गरेमा वा धितोपत्रको मूल्य घटाउन, बढाउन वा स्थिर राख्न लगाएमा त्यस्तो काम कारबाही गर्ने गराउनेले जालसाजी गरी वा झुक्यानमा पारी धितोपत्र कारोबार गरेको मानिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?