६ भदौ, काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) अध्यक्षमा आशिष अग्रवाल चयन भएका छन् ।
मञ्चको वार्षिक साधारण सभाले सन् २०२४/२५ का लागि अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।
नयाँ कार्यसमितिमा मनिष श्रेष्ठ (लर्निङ चेयर), सुगम घिमिरे (मेम्बर इन्टिग्रेसन चेयर), निदा दुन मल्ल (मेम्बरसिप चेयर), पुनित अग्रवाल (फाइनान्स चेयर), अंकुर अग्रवाल (नेटवर्क एन्ड कम्युनिकेसन चेयर), चिराग सरावगी (ग्रोथ एन्ड एक्सपान्सन चेयर) र साइनी खेतान (स्टार्टअप चेयर) निर्वाचित भएका छन् ।
नयाँ पदाधिकारीलाई बधाइ तथा शुभकामना दिँँदै परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले युवासँग सम्बन्धित विषयमा अनुसन्धानमा आधारित भएर सरकार तथा नियामकीय निकायलाई नीतिगत सुझाव दिन मञ्चलाई आग्रह गरे ।
देशमा रोजगारी बढाउन, औद्योगीकरण विकास गर्दै समग्र आर्थिक विकासका लागि युवा उद्यमीलाई प्रोत्साहन गरिनुपर्नेमा उनले जोड दिए ।
मञ्चका निवर्तमान अध्यक्ष अनुराग गोयलले नयाँ कार्यसमितिले संस्थालाई नयाँ उचाइमा पु¥याउने गरी काम गर्ने विश्वास व्यक्त गरे ।
युवा उद्यमी मञ्च सन् २००८ मा गठन भएको परिसंघको युवा संगठन हो । मञ्चले युवा उद्यमीलाई प्रोत्साहन, प्रवद्र्धन गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्दै आएको छ ।
प्रतिक्रिया 4