+
+

रोयल्टी बक्यौता फरफारक गर्न विद्युत् उत्पादकहरूलाई विभागको निर्देशन 

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १० गते १४:२८

१० भदौ, काठमाडौं । विद्युत् विकास विभागले जलविद्युत् उत्पादक कम्पनीहरूलाई बक्यौता रोयल्टी फरफारक गर्न ताकेता गरेको छ ।

विभागले १ मेगावाटभन्दा माथिको क्षमताका सबै जलविद्युत् उत्पादकहरूलाई पत्र लेख्दै जडित क्षमता तथा विद्युत् ऊर्जा बिक्री बापतको रोयल्टी छिटो बुझाउन भनेको हो । विभागले यसका लागि ३५ दिनको समय दिएको छ ।

यस अवधिभित्र २०८०/८१ सम्मको बक्यौता फरफारक गर्न र आव २०८१/८२ को जडित क्षमता बापतको रोयल्टी समयमा बुझाउन समेत विभागले भनेको हो ।

यस्तो रोयल्टी संघ सरकारसँगै स्थानीय र प्रदेश तहमा समेत बाँडफाँट हुन्छ । विभागले रोयल्टी समयमा तिरी जिम्मेवारी बहन गर्न उत्पादकहरूलाई सचेत गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?