+
+

पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका १७ जना विद्यार्थीलाई ‘पेड इन्टर्नसीप’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १२ गते १७:२०

१२ भदौ, काठमाडौं। पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका १७ जना विद्यार्थीलाई ‘पेड इन्टर्नसीप’ गराउने सम्झौता भएको छ ।

नेपाल विद्यार्थी संघ र पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पसको स्ववियुको पहलमा विभिन्न ७ कम्पनीमा न्यूनतम १५ हजार पारिश्रामिकमा इन्टर्नसीप गराउने सहमति भएको नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले बताए ।

अध्यक्ष दुजाङका अनुसार रामेछाप शेर्पा कन्स्ट्रक्सन, सप्तभूमि एग्रो रिसर्च, भिमेश्वर ग्रुप, टह्री बिल्डर्स, बस्नेत बिल्डर्स, रुपालाकी कन्स्ट्रक्सन र सिद्धान्त कन्स्ट्रक्सनसँग बुधबार १७ जना विद्यार्थीलाई पेड इन्टर्नसीप गराउने सम्झौता भएको हो ।

विद्यार्थीको सीप विकासको बलियो आधार निर्माण गर्ने इन्टर्नसीपलाई न्यूनतम पारिश्रामिक सहितको बनाउन सक्दा थप प्रभावकारी बन्ने भएकोले नेविसंघले पेड इन्टर्नसीप गराउने पहल गरिरहेको अध्यक्ष शेर्पाको भनाइ छ ।

उनले  भने, ‘यसले विद्यार्थीलाई पेशागत नेटवर्क विस्तार गर्न मद्दत पुर्‍याउँछ जसले भविष्यमा विभिन्न अवसरहरुमा सहज पहुँच दिन्छ ।’

नेविसंघले यसअघि पुलचोक इन्जिनियरिङ क्याम्पस, सामाजिक कार्य केन्द्रीय विभाग अध्ययनरत विद्यार्थीहरुको लागि पनि विभिन्न संघसंस्था तथा निर्माण कम्पनीहरुसँग सम्झौता गरिसकेको र अझै विद्यार्थी संख्या बढाउनको लागि पहल गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?