+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा मोबाइल बैंकिङबाट ५ लाखसम्मको कर्जा सुविधा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १६ गते १९:१५

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले एनआईएमबी स्मार्ट मोबाइल बैंकिङ एपमा एनआईएमबी स्मार्टलोन सुविधा सुरु गरेको छ ।

वित्तीय समावेशीकरण र सुलभता तर्फको पहल अन्तर्गत यो सुविधा सुरु गरिएको बैंकले जनाएको छ ।

यो सुविधा अन्तर्गत बैंकका योग्य ग्राहकले ५ लाख रुपैयाँसम्मको कर्जा एनआईएमबी स्मार्ट एप मार्फत विनाधितो लिन सक्नेछन् ।

बैंकले सो कर्जाको सहज भुक्तानीका लागि विभिन्न समय अवधिमा आफ्नो कर्जा तिर्ने विकल्पहरू समेत प्रदान गरेको छ ।

यसमा ग्राहकहरुले १ महिनाभित्र वा बढीमा ३६ महिनासम्मको सरल किस्ताबन्दीको आधारमा पनि कर्जा भुक्तानी गर्न सक्नेछन् । साथै कर्जा रकम चाहेको समयमा एकैचोटि तिर्न चाहने ग्राहकहरूको लागि पूर्व भुक्तानीको समेत व्यवस्था मिलाइएको छ।

ग्राहकहरूले आफ्नो एनआईएमबी स्मार्ट एप मार्फत इमेल भेरिफिकेसन गरी सजिलै एनआईएमबी स्मार्टलोनमा रजिस्टर गर्न सक्नेछन् ।

एनआईएमबी स्मार्टलोनका लागि योग्य हुन बैंकले तोकेका तलब खाता, नियमित कारोबार, चुक्ता हुन बाँकी कर्जा नभएको र कर्जाको प्रयोग तथा चुक्ता विवरण लगायतका मापदण्ड पूरा गरेको हुनेपर्ने छ ।

योग्य ग्राहकहरूले आफ्नो एनआईएमबी स्मार्ट मोबाइल बैंकिङ एपको होमपेजबाट एनआईएमबी स्मार्टलोन एप्लाइ गरी कर्जाका सबै सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

बैंकका डिजिटल भुक्तानी विभाग प्रमुख विश्व सिंहका अनुसार नयाँ स्वरूपमा एनआईएमबी स्मार्टलोन अपग्रेड गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?