काठमाडौं । पायोनियर मोटो कर्प प्रालिले प्रिमियम लक्जरी ईभी ब्रान्ड ‘जिकर’ नेपालमा सार्वजनिक गरेको छ ।
काठमाडौंको ह्यात रिजेन्सीमा आयोजित एक समारोहबीच प्रिमियम लक्जरी ईभी ब्रान्ड ‘जिकर’ सार्वजनिक गरिएको हो ।
जिकर चीनको गिली होल्डिङ ग्रुपको अत्याधुनिक लक्जरी विद्युतीय गाडीको ब्रान्ड हो ।
जिकर ब्रान्डको डेब्यु मोडल बहुप्रतिक्षित इलेक्ट्रिक एसयूभी ‘जिकर एक्स’ को अनावरण भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा र प्रबन्ध निर्देशक सन्दीपकुमार शारडाले संयुक्त रूपमा गरेका थिए ।
पायोनियर मोटो कर्पले नाडा अटो शो २०८१ मा पनि जिकर एक्सको स्ट्यान्डर्ड र फ्ल्यागसिप भेरियन्ट सार्वजनिक गरेको थियो ।
कार्यक्रममा जिकर साउथ एसियाका रिजनल डिरेक्टर फेलिक्स हु र जिकर ग्लोबल आफ्टरसेल्स सर्भिसका डिरेक्टर एस्टोर झाओ सहभागी थिए ।
यसैगरी कार्यक्रममा शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा, प्रबन्ध निर्देशक सन्दीपकुमार शारडा, निर्देशकद्वय प्रदीप शारडा र गौरव शारडा, गोल्छा अर्गनाइजेसनका अध्यक्ष लोकमान्य गोल्छा लगायत उपस्थित थिए ।
प्रतिक्रिया 4