 
																			१९ भदौ, काठमाडौं। संसदीय समितिले एमबीबीएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि तत्काल सच्याउन निर्देशन दिएको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बुधबार बसकोे बैठकमा सांसदहरले चिकित्सा शिक्षा आयोगले विद्यार्थीको भविष्यमाथि खेलबाड प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको भन्दै आपत्ति जनाएका थिए ।
बैठकमा उपस्थित शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पनि आयोगले सो गम्भिर त्रुटि गरेको स्वीकार गर्दै छानबिन गर्ने बचन दिएकी थिइन् ।
बैठकले विद्यार्थीहरुलाई विश्वासमा लिएर त्रुटि सच्याउन शिक्षा र स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ । साथै तत्काल छानविन समिति गठन गरी १० दिन भित्र प्रतिवेदन पेश गर्न पनि भनेको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4