+
+
Shares

कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन : आफ्नो अधिकारका नाममा जनताको काम नछाड्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २२ गते १८:०९

२२ भदौ, पोखरा । निजामती सेवा दिवसका अवसरमा शनिबार पोखरामा आयोजित कार्यक्रममा उनले कार्यालय समयमा कर्मचारीहरुले आफ्नो हक अधिकार र सेवा सुविधाका लागि भन्दै मुख्यमन्त्री, मन्त्री भेट्नु उचित नभएको बट्टाए ।

‘कार्यालय समयमा तपाईंहरु भेट्न हिँड्दा, आफ्नो अधिकारको कुरा गर्दा जनतालाई सेवा कसले दिन्छ ? जनताको सेवा प्रभावित हुन भएन’, उनले भने ।

पछिल्लो समय प्रदेश निजामती ऐनमा संशोधन गर्नुपर्ने विषय लिएर दैनिक जसो कर्मचारीहरु, ट्रेड युनियनकर्मीले मुख्यमन्त्री र मन्त्रीहरु भेटिरहेका छन् ।

मुख्यमन्त्री पाण्डेले कर्मचारीको वृत्ति विकास र अधिकारका सवालमा सरकार संवेदनशील रहेको बताउँदै कर्मचारी युनियन, कर्मचारी संघ, संगठनहरुलाई कर्मचारीको साझा मुद्धामा केन्द्रित भएर सरकारलाई सुझाव दिन आग्रह गरे ।

‘कर्मचारीका मुद्धा उठाएर क्रेडिट लिने भन्दा दिगो समाधानका लागि सरकारलाई सहयोग गर्नुहोस्’, उनले भने ।

संघीय निजामती ऐन जारी नहुँदा केही अन्यौल र प्रदेशले जारी गरेको निजामती ऐनमा सुधार गर्नुपर्ने देखिएको बताउँदै उनले प्रदेशको स्रोत साधन, क्षमतालाई हेरेर हक अधिकारका सवालमा केन्द्रित हुन सुझाव दिए ।

कर्मचारीले दिने सेवाका आधारमा सरकारको मूल्यांकन हुने भन्दै पाण्डेले भने, ‘जनताको काम सहज रुपमा गरिदिनुहोस्, काम हुन सक्दैन भने के कारण हुँदैन, भन्ने प्रष्ट भनिदिनुहोस्, नागरिकलाई बुझाउने दायित्व पनि तपाई हाम्रो हो ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?