+
+

पत्रकार थापा सञ्चार विज्ञमा नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते १४:५७

२ असोज, काठमाडौं । लेखक तथा फोटो पत्रकार भरतबन्धु थापा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको सञ्चार विज्ञमा नियुक्त भएका छन् ।

महासंघले बुधबार आयोजना गरेको एक कार्यक्रममा थापालाई सञ्चारविज्ञमा नियुक्त गरेको अध्यक्ष शिवसागर शर्माले बताए ।

२०६३ सालमा स्थापना भएको महासंघले अध्ययन अध्यापनको जोड दिदै स्वदेश तथा विदेशमा विभिन्न प्रर्दशनी गर्दै आएको छ ।

फोटो पत्रकार थापाले वाइल्ड वेष्ट नेपाल (२०१३), गन्तव्य कर्णाली (२०१९),कर्णाली (२०२०),एक्सपोलर फारवेष्ट (२०२०), गन्तव्य मध्यपुर (२०२१), तस्बिरमा नेपाल (२०२१), पञ्चकोशी दैलेख (२०२३) लगायत पुस्तक प्रकाशन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?