+
+
WC Series
पोखरा एभेन्जर्स 2025
9/1 (2.2)
VS
१०६ बलमा १५७ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

मधेशमा विपद्‌बाट पाँच जनाको मृत्यु, ५ सय मानिस विस्थापित

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १४ गते ८:५९
फाइल फोटो ।

१४ असोज, जनकपुरधाम । मधेश प्रदेशमा बाढी र डुवानबाट पाँच जनाको मृत्यु भएको छ । दुईजना बेपत्ता छन् । अन्य ८ जना घाइते भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बिहीबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीमा महोत्तरी र रौतहटमा २–२ जना पुरुष र सप्तरीमा एकजना पुरुषको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी सुवासचन्द्र बोहराले जानकारी दिए ।

उनका अनुसार सर्लाही र पर्सामा गरेर दुईजना बेपत्ता भएका छन् । ९ वटा चौपाया मरेका छन् । ५४ वटा घरमा क्षति भएको छ भने ९६ घरपरिवार विस्थापित भएको एसपी बोहराले बताए ।

यस्तै पाँचसयजना मानिस बाढी र डुबानबाट विस्थापित भएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?