१५ असोज, काठमाडौं। नेपाली कांग्रेसले अवरुद्ध सडकहरुको मर्मत गरी अस्थायी वैकल्पिक मार्गको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।
मंगलबार बसेको संसदीय दलको बैठकले चाडपर्वमा घर जान चाहने नागरिकको चाप बढ्ने भएकाले अवरुद्ध सडकहरुको मर्मत संभारको कार्य तीव्रता दिन सरकारसँग आग्रह गरेको हो ।
यस्तै हवाइ मार्गमा पर्ने चापलाई ध्यानमा राखेर भाडादर न्यूनतम कायम राख्न कांग्रेसले सरकारसँग आग्रह गरेको छ ।
संसदीय दलको बैठकले इजरायल/लेबनान बीच सुरु भएको युद्धबाट लेबनानमा रहेका नेपालीहरु पनि जोखिममा रहेका हुँदा इच्छुकलाई सकुशल स्वेदश फिर्तिको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4