+
+

बायर्न म्युनिखमाथि एस्टन भिल्लाको जित

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १७ गते ९:२७

१७ असोज, काठमाडौं । युरोपियन च्याम्पियन च्याम्पियन्स लिगको लिग चरणमा प्रिमियर लिग क्लब एस्टन भिल्लाले जर्मन महाराथी बायर्न म्युनिखमाथि शानदार जित हात पारेको छ ।

बुधबार राति भएको खेलमा भिल्लाले बायर्नलाई १-० ले पराजित गरेको हो ।

घरेलु मैदान भिल्ला पार्कमा भएको खेलमा एस्टन भिल्लाका लागि जोन डुरानले ७९औं मिनेटमा निर्णायक गोल गरे ।

च्याम्पियन्स लिगमा भिल्लाको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा भिल्लाले योङ व्याजलाई पराजित गरेको थियो ।

लगातार दोस्रो जितपछि ६ अंक जोडेको भिल्ला छैटौं स्थानमा छ । पहिलो हार व्यहोरेको बायर्न भने २ खेलबाट ३ अंकसहित १५औं स्थानमा छ ।

यसपटक फरक शैलीमा भइरहेको च्याम्पियन्स लिगमा ३६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?