+
+
WC Series
पोखरा एभेन्जर्स 2025
86/4 (12.2)
VS
४६ बलमा ८० रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

बागलुङ कालिकामा दर्शनार्थीको घुइँचो

रासस रासस
२०८१ असोज १७ गते १२:२४

१७ असोज, बागलुङ । दसैँको पहिलो दिन घटस्थापनाका अवसरमा आज बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । प्रसिद्ध शक्तिपीठ भएकाले दसैँ र चैतेदसैँमा यहाँ भक्तजन धेरै आउने गर्छन् ।

चितवन, बुटवल, स्याङ्जा, पोखरा र अन्य छिमेकी जिल्लाका भक्तजन यहाँ आउने गरेको कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्काले बताए । सोह्र श्राद्धमा मुक्तिनाथ गएका भक्तजन पनि फर्किने क्रममा यहाँ दर्शन गर्न आएपछि मन्दिरमा भीड लागेको थियो ।

‘मुक्तिनाथ पुगेर श्राद्ध गरियो, कालिका पनि दर्शन गरेर फर्कन पर्‍यो भनेर आयौँ, कालिकामा पूजा गरेपछि मनमा शान्ति मिल्छ,’ पोखराबाट आएका पोषण शर्माले भने, ‘बागलुङ कालिका हाम्रो आस्थाको धरोहर हो ।’

होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष निलेश राजभण्डारीका अनुसार केही दिनदेखि होटलहरु भरिभराउ छन् । मन्दिरमा कति भक्तजन आए भन्ने यकिन तथ्याङ्क छैन ।

खपत भएका नरिवल र बलिको सङ्ख्याका आधारमा अनुमान गर्ने गरिएको छ । हरेक वर्ष दसैँमा चार लाख बढी नरिवल बिक्री भएको तथ्याङ्क छ । चैतेदसैँमा पनि यहाँ भीड लाग्ने गर्छ । पाँच सय वर्ष अघि स्थापना भएको यस मन्दिरमा नियमित पूजा हुँदै आएको किम्वदन्ती छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?