+
+

नवजीवन अस्पतालले मिनाहा गरिदियो एकल महिलाको दुई लाख उपचार खर्च

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २० गते २०:०८

२० असोज, धनगढी । धनगढीको नवजीवन अस्पतालले विपन्न महिलाको निःशुल्क शल्यक्रिया गरेको छ ।

६ असोजमा घाँस काट्ने क्रममा भीरबाट लडेर खुट्टा भाँचिएकी डोटीको जोरायल गाउँपालिका–५ गड्शेराकी ७८ वर्षीया मन्सरादेवी खडायतको निःशुल्क उपचार गरेको अस्पतालले जनाएको छ ।

घर नजिकै पर्ने ढाँडीखोला वनको भीरबाट लडेर घाइते भएकी खडायतको बाँया खुट्टामा गम्भीर चोट लागेको थियो । आर्थिक अभावका कारण उनलाई परिवारले ढिलोगरी मात्र अस्पताल पुगाएपछि शल्यक्रियापछि खुट्टा नै काट्नुपरेको थियो ।

नवजीवन अस्पतालका अध्यक्ष यज्ञराज ढुंगानाले बिरामीको कमजोर आर्थिक अवस्थाका कारण शल्यक्रियासहित उपचारमा लागेको दुई लाख मिनाहा गरेको बताए ।

‘उहाँको परिवारको आर्थिक अवस्था निकै कमजोर रहेछ । त्यसैमाथि उहाँ एकल महिला र जेष्ठ नागरिक पनि भएकाले अस्पतालले उपचारमा लागेको २ लाख रकम मिनाहा गरेको हो’, उनले भने ।

आइतबार अस्पतालबाट डिस्चार्ज भएकी खडायतका जेठो छोरा एउटा हात र खुट्टा नचल्ने अवस्थाका अपांग छन् भने कान्छो छोरा सानै छन् ।

हाडजोर्नी विषेशज्ञ डाक्टर बिदुरमणि ढकाल नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले महिलाको घुँडामुनिको भागको शल्यक्रिया गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?