+
+

तुलसी घिमिरेको फिल्म ‘पहाड’मा विपिन कार्कीले गाए र्‍याप

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २१ गते ११:५४

काठमाण्डौँ । अभिनयबाट दर्शकको मन जितेका विपिन कार्की गायक पनि हुन् । यो कुरा कमैलाई थाहा छ । फिल्म ‘छड्के’मा समेत उनले एउटा गीत गाएका थिए ।

आगामी फिल्म ‘पहाड’मा समावेश विपिनलाई सुन्न पाइने भएको छ । फिल्ममा उनको शीर्ष भूमिका समेत हुनेछ ।

यसमा उनले एक र्‍याप गीत गाएका छन् । गीतलाई महाराजगञ्जस्थित भेनस स्टुडियो रेकर्ड गरिएको छ । रञ्जित गजमेरको संगीत रहने यो गीतलाई तुलसीले लेखेका हुन् ।

‘मैले पहिले छड्के फिल्ममा पनि गीत गाएको थिए तर बर्षौ पछि फेरी गीत गाउँदा अझै मज्जा आयो’ बिपिनले भने, ‘हिन्दी र नेपाली शब्द मिसाइएको गीतको लिरिक्स सुन्दा कठिन होला कि जस्तो लागेको थियो तर गाउँदै जाँदा सजिलै गाएँ ।’

गीतमा भारती घिमिरे र अर्का गायकको समेत स्वर समावेश हुनेछ । फिल्ममा ४ गीत हुनेछन् । यो फिल्मलाई तुलसी घिमिरेले निर्देशन गर्दैछन् । घिमिरेको यो २३ औं निर्देशकीय फिल्म हुनेछ ।

तिहारपछि छायांकन तयारीमा रहेको फिल्ममा कार्कीसहित मदनकृष्ण श्रेष्ठ, सुनील थापाको पनि अभिनय हुने जनाइएको छ । नेपालको पहाडी क्षेत्र र भारतको मुम्बईमा बाँकी छायांकन गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?