+
+

बाढी–पहिरो प्रभावित क्षेत्रमा पुगे गृहमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २१ गते १३:१३

२१ वैशाख, काठमाडौं । गृहमन्त्री रमेश लेखक काभ्रेको बाढी–पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा गएका छन् ।

गृहमन्त्री लेखक सोमबार पनौती नगरपालिका–१२, बेथानचोक गाउँपालिका–४ लगायतका क्षेत्र पुगेका हुन् । त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले राहत वितरणका साथै सडकको अवरोध हटाउने, खानेपानी, विद्युत लगायतका आधारभूत सेवा सञ्चालन गर्ने भएको बताए । लगत्तै पुनर्स्थापना तथा पुनर्निर्माणमा जु्ट्ने उनले बताए ।

उनले स्थानीय जनप्रतिनिधिहरुलाई पूर्ण रुपमा क्षतिग्रस्त भएका घरहरुको लाभग्राही पहिचान गरेर पठाउन आग्रह गरे । ‘यसरी आएको ३ दिनभित्र अस्थायी आवास बनाउन पहिलो किस्ता पठाउँछौं’, उनले भने, ‘खानाका लागि ५ जनासम्म सदस्य भएको परिवारलाई १५ हजार र बढी भए २० हजार रुपैयाँ पठाउँछौं ।’

बाढी तथा पहिरोबाट नागरिकमा भएको पीडाप्रथि सरकार समेत रहेको समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?